Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

३३ किलो सुन प्रकरण ,पूर्व डिआइजी गोविन्द निरौला पक्राउ

admin

३३ किलो सुन प्रकरणमा सहभागि भएको आरोपमा पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानविन समितिले थप अनुसन्धानका लागि भन्दै पूर्व डिआइजी निरौलालाई वानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

निरौला गत माघ ९गते काठमाडौं वानेश्वरस्थित रत्नराज्य क्याम्पस नजिकैबाट हराएको ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा निरौला लगायतको सहभागिता रहेको आशंका गर्दै सरकारले छानविन समिति बनाएको थियो ।

निरौला निवर्तमान आइजीपी प्रकाश अर्यालसँगै अवकाशप्राप्त पूर्व डिआइजी हुन् । उक्त प्रकरणमा निरौलासहित अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् । उनलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको