Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

जेनेभाको भ्रमणमा राष्ट्रपति

admin

 

 

जेनेभा: अन्तर्राष्ट्रिय श्रम सम्मेलनभाग लिन जेनेभामा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार जेनेभा तालमा नौका बिहार गरेकी छन्।

उनले शनिबारै यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनमा पैदल हिँडेर अवलोकन गरिन्। पुरानो बस्ती भएकाले यो स्थानमा हाल यातायात सञ्चालन हुँदैन।

उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत भ्रमण दलका सदस्य सहभागी थिए।

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाएपछि उनी अन्य भ्रमण कार्यक्रममा सरिक भएकी हुन्।

उनी आजै संयुक्त अरब इमिरेट्सको अबुधाबीतर्फ प्रस्थान गर्ने र आइतबार साँझ काठमाडौँ पुग्नेछिन्। रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको