Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

जेनेभाको भ्रमणमा राष्ट्रपति

admin

 

 

जेनेभा: अन्तर्राष्ट्रिय श्रम सम्मेलनभाग लिन जेनेभामा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार जेनेभा तालमा नौका बिहार गरेकी छन्।

उनले शनिबारै यहाँको पुरानो बस्ती मानिने वल्र्ड टाउनमा पैदल हिँडेर अवलोकन गरिन्। पुरानो बस्ती भएकाले यो स्थानमा हाल यातायात सञ्चालन हुँदैन।

उक्त अवसरमा स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत भ्रमण दलका सदस्य सहभागी थिए।

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ मा सहभागिता जनाएपछि उनी अन्य भ्रमण कार्यक्रममा सरिक भएकी हुन्।

उनी आजै संयुक्त अरब इमिरेट्सको अबुधाबीतर्फ प्रस्थान गर्ने र आइतबार साँझ काठमाडौँ पुग्नेछिन्। रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको