Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप

admin

नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिइन्। हालसम्म १ करोड ७६ लाख ६४ हजार ५ सय १६ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

सरकारले यही चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पुरा मात्रा खोप लगाइसक्ने लक्ष्य राखेको समेत प्रवक्ता डा. मिश्राले जानकारी गराइन्।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको