Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

नेपाली कामदारको मृत्युको प्रमुख कारण आत्महत्या

admin

विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ ।

वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण आत्महत्या देखिएपछि यस क्षेत्रमा थप चुनौती देखिएको छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाहरु झस्केका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार गत साउनदेखि सोमबारसम्म विभिन्न मुलुकमा ६३३ नेपाली कामदारको निधन भएको छ । यसमध्ये सबैभन्दा बढी १०५ जनाले आत्महत्या गरेका छन् ।

विगतमा बढीजसो कामदारको मृत्यु सडक दुर्घटना र प्राकृतिक रुपमा हुँदै आएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको