Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

ट्रम्प प्रशासनले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को म्याद नथप्ने, ९ हजार नेपाली प्रभावित

admin

अमेरिकी ट्रम्प प्रशासनले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को म्याद नथप्ने तयारी गरेको वासिङटन पोस्टले जनाएको छ।

आप्रवासीप्रति अनुदार रहँदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि निकारागुवाका नागरिकलाई टिपिएस नथप्ने घोषणा गरेको थियो। नेपालमा २०७२ वैशाख १२ मा ७।८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका स्वरूप अमेरिकाले यो सेवा उपलब्ध गराएको थियो।

२४ जुन २०१५ मा १४ हजार ७ सय ९१ जना नेपालीले टिपिएस सुविधा पाएकामा यो म्याद जुन २४ मा सकिँदैछ।

१८ महिनाका लागि उपलब्ध भएको यो सुविधा पुनस् थप्नका लागि नेपाली अधिकारकर्मीहरुले होमल्यान्ड सेक्युरिटीलगायतका निकायमा धाउँदै आएका छन्। समय थप गर्ने कि नगर्ने भन्ने विषय ६० दिनअघि नै गरिसक्नुपर्ने भएकोले केही दिनमा यसबारे निर्णय आउन सक्ने बताइएको छ।

टिपिएसको म्याद नथपेमा ९ हजार नेपाली प्रभावित हुने वासिङटन पोस्टले जनाएको छ। टिपिएसको म्याद नथपे यो सुविधा उपभोग गरिरहेकाले एक वर्षभित्र अमेरिका छाड्नुपर्ने हुन्छ।

ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको यस्तो सुविधा कटौती गरिसकेको छ। यसै वर्ष निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरेको छ। यता सिरियाका नागरिकलाई भने यो सुविधामा निरन्तरता दिने ट्रम्प प्रशासनले तयारी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको