Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

युक्रेनमा रुसको आक्रमण 

admin

रुसले युक्रेनसँग युद्धको सुरुवात गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य कारवाहीको घोषणापछि युक्रेनमा कैयौं ठाउँमा विष्फोट भएका छन् । युक्रेनको राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण भएको जानकारी प्राप्त भएको छ । पुटिनले सैन्य कारवाहीको घोषणा गर्दै अन्य देशहरुलाई यस मामिलामा दखल नदिन अन्यथा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

रुसी राष्ट्रपति पुटिनले युक्रेन–रुस युद्ध टार्न नसकिने बताउँदै रुसले विशेष सैन्य अभियान सुरु गर्न लागेको घोषणा गरेका थिए । उनले यो सैन्य अभियानको लक्ष्य युक्रेनका कब्जा गर्नु नभएको बताएका छन् । पुटिनले युक्रेनको सेनासँग हतियार छोडेर आफ्नो घर जान भनेका छन् । युक्रेनका विदेश मन्त्रीले पुटिनले पूर्ण परिमाणमा आक्रमण गर्न सुरु गरेको बताएका छन् । उनले भने ‘शान्तिपूर्ण युक्रेनमा आक्रमण भएको छ । यो आक्रामकताको युद्ध हो । युक्रेनले यसमा आफ्नो रक्षा गर्नेछ र जित्नेछ ।’

डेलीमेलका अनुसार रुसी सेना युक्रेनमा प्रवेश गरेपछि युक्रेनले देशमा ‘मार्शल कानुन’ लागू गरेको छ । बिग्रँदो अवस्थाका बीच किभ विमानस्थल खाली गराइएको छ । त्यहाँ रहेका स्टाफ र यात्रुलाई बाहिर निकालिएको छ । अहिले त्यहाँ विदेशका तीन जहाज छन् जो उड्नुपर्ने थियो तर उनीहरुले टेकअफ गर्न पाएनन् । युक्रेनको राजधानी किभसँगै ओडेसा, खारकिभ र दोनेत्स्कमा विष्फोटका आवाज सुनिएका छन् । किभभन्दा पहिले बिहीबार बिहानै दोनेत्स्कमा पाँच विष्फोट भएका थिए । दोनेत्स्क ती २ क्षेत्रमध्ये एक हो जसलाई हालै रुसले मान्यता दिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् ‘जसले पनि हाम्रो काममा हस्तक्षेप गर्ने कोसिस गर्नेछ वा हाम्रा मानिसहरुको लागि खतरा उत्पन्न गर्ने कोसिस गर्नेछ उसलाई थाहा हुनुपर्छ कि रुसको प्रतिक्रिया तत्काल हुनेछ र तपाइँलाई यस्ता परिणामतर्फ लिएर जानेछ जस्तो तपाइँले इतिहासमा यसअघि कहिल्यै पनि अनुभव गर्नुभएको छैन ।’

रुसको सैन्य कारवाहीका बीच उता संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक पनि जारी छ । यो बैठकमा रुसका प्रतिनिधिले भने ‘पुटिनले जुन विशेष सैन्य अभियानको घोषणा गरेका छन् त्यो युक्रेनका जनतालाई बचाउनको लागि हो जो वर्षौंदेखि कष्टमा थिए । हामी युक्रेनमा नरसंहार बन्द गराउन चाहन्छौं । जे पनि निर्णयहरु भएका छन् ती युएन चार्टरको आर्टिकल ५१ को हिसाबले भएका छन् । हामी परिस्थितिमा निगरानी गरिरहेका छौं ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको