Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

जेसिआइ इमाडोलको आयोजनामा“स्तन क्यान्सर सचेतना तथा परिक्षण”

admin

जेसिआइ इमाडोलको आयोजनामा महिलाहरुको लागि “स्तन क्यान्सर सचेतना तथा परिक्षण” शिविर सम्पन्न भएको छ। फागुन १७ गते शनिबार महालक्ष्मी नगरपालिका सानागाऊमा आयोजित उक्त शिविर ब्लुक्रस अस्पतालको सहयोग मा संचालन गरिएको हो। स्थानीय महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त शिविरको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाधक्ष्य जेसी रमा प्याकुरेलले नेपाल जेसीज अन्तर्गतका शाखाहरुले आफ्नो क्षेत्रमा नागरिकको आधारभूत आवस्यकता स्वास्थ्य सम्बन्धि कार्यक्रम गरेर स्थानीय समुदायको लागि सेवा गर्ने बताउदै, जेसीजका युवाहरुले समाजको लागि दिएको योगदानको प्रसंशा गर्नु भएको थियो। त्यस्तै अङ्कोलोजिस्ट डाक्टर आरती शाहले नेपाली समाजमा महिलाहरुको स्वास्थ्य चेतना अझै कम रहेको र स्तन क्यान्सर बारेमा पूर्ण जानकारी नहुदा सामान्य समस्या पनि बिकराल समस्या हुने भन्दै महिलाहरुलाइ सचेतना मुलक कार्यकर्म तथा परिक्षणको आवस्यकता रहेको बताउदै ब्लुक्रस अस्पतालले विभिन्न संघ सस्थाहरुसंग सहकार्य गर्ने क्रममा इमाडोल जेसीज संग सहकार्य गर्न पाउदा खुसि ब्यक्त गर्नु भयो र आगामी दिन हरु मा सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो। त्यस्तै इमाडोल जेसीज 2022का अध्यक्ष जेसी इच्छा गुरुङले हरेक घरमा महिला स्वस्थ भए परिवार नै स्वस्थ हुने भन्दै महिलाहरुको स्वास्थ्य संबेदनशिलतालाइ मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको बताउदै आगामी दिनहरुमा आफ्नो क्षेत्रमा स्थानीयको आवस्यकता हेरेर अन्य सेवामुलक कार्यक्रमहरु गर्ने बताउनु भयो। शिबिरमा सहभागी महिलाहरुले आफ्नो घर टोल मै स्वास्थ्य परिक्षण गर्न पाउदा खुसि ब्यक्त गर्दै स्तन क्यान्सरको बारे धेरै जानकारी पाएको बताए। शिबिरमा डाक्टर आरति शाहले स्तन क्यान्सरको बारे सचेतनामुलक जानकारी प्रदान गर्नुका साथै निशुल्क स्तन क्यान्सरको परिक्षण गर्नु भएको थियो। स्वास्थ्य शिविरमा नेपाल जेसीजका मिडिया कोर्डिनेटर जेसी सोनित राज ढुंगेल, नेपाल जेसीजका राष्ट्रिय स्वास्थ्य इकाईका संयोजक जेसी गोपाल खड्का, इमाडोल जेसीजका पुर्व अध्यक्ष जेसी दिपेन्द्र केसी, स्थानिय जनप्रतिनिधि शेखर केसी, रीसा श्रेष्ठ, समृद्दी फ़ाउण्डेशनका सस्थापक अध्यक्ष तथा निर्देशक संगीता श्रेष्ठ, नेसनल एकेडमी बिद्यालयका प्रधानाध्यापक मोहोना मोथे खनाल लगायत स्थानिय महिला समूहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको