Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

एमसीसी सम्झौताको व्याख्यात्मक घोषणालाई अमेरिकाले सहमती जनाउछ – प्रचण्ड

admin

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बसेको छ । बैठकमा प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणाका ११ बुँदा सुनाएका छन् ।

ती बुँदामा एमसीसीभन्दा नेपालको संविधान माथि हुने, बौद्धिक सम्पत्तिमा नेपालकै हक लाग्ने, लेखापरीक्षण पनि नेपालको कानुनअनुसार हुने लगायतका कुराहरु समावेश रहेका छन् ।

बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । उनले एमसीसी सम्झौताको सन्दर्भमा तयार गरिएको व्याख्यात्मक घोषणालाई अमेरिकाले सहमती जनाउने बताएका छन् ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सरकारलाई दबाब आएको भन्दै प्रचण्डले गठबन्धन जोगाएर व्याख्यात्मक घोषणाको विकल्प निकालिएको बताउ । यसअघि आज नै बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणसहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको