Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ

admin

१२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दाबी छ ।

नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार पूर्ण खोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोरोनाविरुद्धको खोप सुनिश्चित पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको