Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

आयातमा कडाई गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव

admin

नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका वस्तु आयातका लागि एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको हो ।शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण जुत्ताचप्पल, लत्ताकपडा, फेन्सी सामान, दैनिक प्रयोगमा आउने कस्मेटिक सामग्री, साबुन, डिटरजेन्ट पाउडर, स्याम्पु, लिपगार्ड, बडीलोसन, खाद्यान्नमा सुप आइटम र पास्तालगायत सामग्रीको अभाव हुन थालेको सरोकारवालाहरूले बताएका छन् ।नेपाल चाइना व्यापार संघका महासचिव मुकुन्द पौडेलका अनुसार टीटी सिस्टमबाट व्यापारीहरूले सोझै विदेशी उत्पादनकर्ता कम्पनीसँग सामानको अर्डर गरी केही रकम बैंकिङ सिस्टमबाट अग्रिम भुक्तान गरी यस्तो सामान मगाउन सकिन्थ्यो । बाँकी रकम सामान प्राप्त भएपछि दिने चलन थियो ।तर, अहिले एलसी खोल्दा नै बैंकलाई शतप्रतिशत भुक्तानी बुझाउनुपर्ने भएकाले सामान आयातमा समस्या भएको छ । ‘एकजना आयातकर्ता ब्यापारीले १ करोड रुपैयाँको सामान आयात गर्दा थप १ करोड रुपैयाँ बैंकमा बुझाउनुपर्ने समस्याले व्यापारीहरूसँग रकम अभाव भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको