Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ

admin

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो  ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको