Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

‘साईपल मिस एसइइ स्टार २०१८’का विद्यार्थीबिच ओरेन्टेसन

admin

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समयलाई सगुपयोग गर्न लक्षित गर्दै आयोजना गर्न लागिएको ‘साईपल मिस एसइइ स्टार २०१८’ को ओरेन्टएसन सम्पन्न भएको छ ।

भवानी ईन्टरटेन्मेन्टको आयोजना तथा ग्रेस ईभेन्टको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा एस ई.ई.परिक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई तालिमको माध्यमबाट अझ निखारेर, क्षमता अभिवृद्धि गर्दै उपयुक्त अबसर प्रदान गर्न र सईई स्टारको रुपमा चिनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सोनित राज ढुंगेलले बताए। उक्त ओरेन्टएसनमा एसइइ दिएर बसेका झन्डै २ दर्जन विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा टेक्सास कलेजका निर्देशक नारायण पोखरेलले एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुले यस् प्रतियोगिताबाट धेरै कुराहरु सिक्न सकिने र सफलताको सिंडी चड्न सहयोग पुर्याउन सक्नेमा आफु धुक्क रहेको बताए । त्यस्तै अन्य बक्ताहरुमा आर्टिस्ट नेपालका अध्यक्ष तथा म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा सकृय नब ढुंगेलले मोडेलिङ तथा फोटोसुट पोजको बारेमा प्रतियोगीलाई बताए । त्यस्तै कोरियोगाफर सगुन पाण्डेले प्रतियोगितामा भाग लिनुहुने विद्यार्थीहरुले प्राप्त गर्ने बिभिन्न ट्रेनिङ तथा नियमहरुको बारेमा खुलस्त पारिन । मोडेल लभिन अन्सारीले मोडलिङको बारेमा बताए । ग्रेस ईभेन्टका सिईओ सुरज थापा, दिपक बास्कोला तथा प्रसन्न अर्यालले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

प्रतियोगिताको ट्रेनिङ बैशाख १५ गतेबाट आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको बिजेता तथा फस्ट रनरअप , सेकेस्ड रनरअप र थर्ड रनरअपले टेक्सास कलेजमा फुल स्कलरसिपमा अध्ययन गर्न सक्नेछन । त्यस्तै प्रतिस्प्रधीहरुले बिभिन्न गिफ्ट ग्याम्पर, मोडेलिङमा अबसर तथा बिभिन्न गिफ्ट ह्याम्पर तथा कलेजमा डिस्काउन्ट प्राप्त गर्नेछन ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण कोरियोग्राफर सगुन पाण्डेले दिनेछिन् । प्रतियोगीहरु कान्तिपुर फेशन हाउसको आकर्शक डिजाईनमा प्रस्तुत हुनेछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको