Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित

नेपालमै पहिलो पटक शल्यक्रिया बिना नै मुटुको भल्बकाे सफल प्रत्यारोपण

admin

शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको जानकारी दिनुयो ।
उहाँका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरीएको हो ।
८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उहाँको आजनै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी दिनुभयो ।
‘हामीले नेपालमै पहिलो पटक यो विधिबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा. अधिकारीले भन्नुभयो, ‘उहाँ (बिरामी) निको भएर आज मात्रै डिस्चार्ज हुनु भएको छ ।’
डा. अधिकारीका अनुसार उहाँ एओर्टिक भल्व साँधुरिएर अस्पतालमा पुग्नुभएको थियो ।

एओर्टिक भल्व साँघुरि कस्तो रोग हो ?
डा अधिकारीका अनुसार मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ । यो रोगले गर्दा खासगरी स्वाँस्वाँ हुने छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षणहरु देखिने डा अधिकारी बताउनुहुन्छ ।
यस्ता लक्षणहरु देखिएका बिरामीहरुको दुई वर्षभित्र मुत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्यानहरुले देखाएका छ। विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारीरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्दछ ।
यस्ता बिरामीहरुको जोखिम न्युकरण गर्नको निमित टिएभीको विकास भएको हो ।
यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रात्यारोपण गरिन्छ ।
टिएभीआइ 
चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।
डा.अधिकारीका अनुसार प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुन्छ ।
‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कम्प्लिकेसनहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने हुन्छ,’ उहाँले भन्नुभयो, ‘शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’
सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

Gorkhapatra


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको