Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

जेसि सोनितको नेतृत्वमा सर्लाही पुनर्बासको बिद्यालयले पायो ठूलो सहयोग

admin

अन्तराष्ट्रिय नारी दिवस २०२२ को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङं,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि.सी.को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।

समाजसेवी राजाराम पासवानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लालबन्दी ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निर्मल थापा,उक्त विद्यालयका प्रधानाध्यापक राशी पासवान, तथा व्यबसायी कृष्ण कान्त ठाकुर लगायत विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा करीब १०० जना भन्दा विद्यार्थीहरुलाई स्कूूल व्याग,फुटबल,व्याटमीन्टन,टिसर्ट,झोला ,स्कूल खाजा लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।


पूनर्वासको ४० वर्ष अगाडीको ईतिहासलाई सम्झदै विद्यालय र विद्यार्थीहरुले यस कार्यक्रम मार्फत पाएको सहयोगले विद्यार्थीहरु मात्र नभएर अभिभावक एवं स्कूल प्रशासन उक्त भेगका जनता समेत लाभान्वित भएको कुरा कार्यक्रमका अध्यक्ष तथा समाजसेवी राजाराम पासवानले बताउनुभयो । यसैगरि, उक्त कार्यक्रममा आगामी दिनमा पनि थप यस्ता राहत तथा सहयोग सामाग्री वितरण गरिने कुरा समाजसेवी तथा सर्लाही जिल्लाका विभिन्न स्थानमा असहाय तथ अशक्त व्यक्तित्वहरुलाई आवास निर्माण गर्दै आउनु भएकी समाजसेवी रन्जिता गुरुङले बताउनुभयो ।
नायक तथा समाजसेवी श्रीदेब भट्टरार्ईले आफु पनि यस्तै अभावमा पढेका दिन सम्झेर भावुक भए ।
कार्यक्रम समेत संचानन गरेका संचारकर्मी सोनीतराज ढूंगेलले यस विद्यालयबाट उच्च शिक्षा हासिल गर्ने असहाय तथा जेहेन्दार विद्यार्थीको निमित्त छात्रवृत्तिको घोषणा गर्नुभएको थियो । उक्त अभियानमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई स्कूल प्रशासनले सम्मान गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको