Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

‘नेपाल आइडल’बाट आउट भए प्रताप लामा

admin

 

काठमाडौँ : नेपाल ताराको थर्ड सिजनका विजेता प्रताप लामा अहिले जारी नेपाल आइडलको गाला राउन्ड नपुग्दै आउट भएका छन्।

शुक्रबार प्रसारण भएको ‘नेपाल आइडल’ को ‘अग्निपरीक्षा’ राउन्डमा दर्शकबाट प्रशस्त भोट नआएपछि लामा गाला राउन्डमा पुग्नबाट वञ्चित भएका हुन्।

लामाले दुई वर्षअघि भएको नेपाल ताराको फाइनलमा दिवेश राई र सुरेश लामालाई पछि पार्दै साढे दुई लाख रुपैयाँको नगद पुरस्कार पएका थिए।

नेपाल आइडलका लागि काठमाडौँमा अडिसन दिएका लामालाई अडिसनमै जजहरु प्रभावित भएका थिएनन्। उनलाई तीन वटा गीत गाउन लगाइएको थियो।

रोचक त के छ भने नेपाल आइडलका एक जज इन्दिरा जोशी पनि नेपाल ताराको पहिलो सिजनकै एक प्रतिस्पर्धी थिइन्। तर उनले कुनै पनि उपाधि जित्न भने सकेकी थिइनन्।

नेपाल आइडलबाट प्रताप लामासँगै सुरज तामाङ र प्रज्ञा श्री विश्वकर्मा पनि भोटिङ राउन्डबाट आउट भएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको