Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त

admin

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । निगमको कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको थियो ।

उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको थियो । उक्त पदका लागि भट्ट, सिटौला र थानीसहित १६ जनाको दरखास्त स्वीकृति भएको थियो ।

नेपाल आयल निगमको रिक्त विज्ञ सदस्यका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट विज्ञ सदस्य नियुक्ति गर्न भन्दै सात दिनको म्याद दिएर दरखास्त आह्वान गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको