Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

१४ वटा औषधि पसललाई विभागले गर्‍यो कारबाही

admin

औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसललाई कारबाही गरिएको हो । काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसललाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार कारबाही गरेको बताएको छ ।

‘निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान राखिएको छ, त्यसको उपदफा ४ (क)मा निरीक्षण पछि परीक्षण गर्दा कुनै औषधि जन असुरक्षित, असरयुक्त र गुणस्तरयुक्त भएको पाइए पनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप गरेको पाइएमा औषधि जफत गरी त्यस्तो व्यक्तिको अनुज्ञापत्र छ महिनासम्म निलम्बन गर्न सक्ने,’ औषधि ऐन २०३५ को दफा २० मा उल्लेख छ ।

विभागका अधिकारीहरूले ती पसलहरूले ऐन नियम विपरीतका गतिविधि गरेको भन्दै कारबाही गरेका हुन् । ऐनले छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था भए पनि कारबाही गरिएका पसलहरूमा सबैभन्दा बढी २१ दिन निलम्बन गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको