Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

राजधानीमा दुई वर्ष भित्र मोनोरेल

admin

काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसी आरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए । चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ ।

सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।

सीआरसीसीले पीपीपी र बीओओटी मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको