Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

राजधानीमा दुई वर्ष भित्र मोनोरेल

admin

काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसी आरसीसीले काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए । चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ ।

सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।

सीआरसीसीले पीपीपी र बीओओटी मध्ये जुनसुकै मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको जानकारी दिदै उनले बोर्डको अनुमोदनपछि निर्माणका लागि उक्त कम्पनीसँग थप प्रक्रिया अगाडि बढाइने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको