Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

उम्मेदवारको प्रतिष्ठामा आँच आउने समाचार लेख्न नपाइने

Reporter

निर्वाचन आयोगले पत्रकार र सञ्चार संस्थानलाई राजनीतिक दल तथा उनीहरुका प्रतिनिधिहरुबाट आर्थिक सहयोग नलिन आग्रह गरेको छ । बिहीबार आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा कुनैपनि राजनीतिक दलबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने उल्लेख छ।

आगामी स्थानीय तहको निर्वाचनका लागि आयोगले पत्रकार तथा सञ्चार संस्थानको हकमा पनि लागु हुनेगरी आचारसंहिता जारी गरेको हो। सञ्चार संस्थानलाई कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न पनि रोक लगाएको छ।

त्यस्तै जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था लगायत कुनैपनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न पनि पाइने छैन।

आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण  वा सम्प्रेषण गर्न नहुने उल्लेख छ।

सञ्चार संस्थानले राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्नुपरेमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने र त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्नेछ। आयोगले मौन अवधिमा भने त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने जनाएको छ।

यसैगरी एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर लगायतका विद्युतीय माध्यम प्रयोग गरी कुनै सामाग्री प्रकाशन प्रसारण गर्ने तथा त्यस्ता सामाजिक सञ्जालमा लाइक शेयर तथा कमेन्ट गर्न नपाइने भएको छ।

पत्रकार तथा सञ्चार संस्थानहरुले सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न पनि नपाइने आचारसंहितामा उल्लेख छ। त्यस्तै उम्मेदवार तथा उनीहरुको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ।

निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जाल, अनलाईन छापामाध्यम  वा अन्य कुनै माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष विपक्षमा  सन्देश प्रकाशन गर्ने, सूचना शेयर गर्ने, कमेन्ट गर्ने लगायतका गतिविधि पनि नगर्न आयोगले आग्रह गरेको छ।

उक्त अवधिमा सञ्चार संस्थानले राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रमहरु पनि गर्न पाउने छैनन्। आचारसंहितामा निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्बिर वा अन्य प्रकाशन पनि छाप्न नहुने उल्लेख छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको