Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

पल शाहविरुद्ध बलात्कारको मुद्दा दायर, १४ वर्षसम्मको जेल सजाय माग

Reporter

अभिनेता पल शाह उर्फ पूर्णविक्रम शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कारको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार शाहविरुद्ध मुद्दा दायर गरेको हो ।

किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी गरेकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि किशोरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि बलात्कारको उजुरी गरेकी थिइन् ।

शाहविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को ३ को ‘ग’अनुसार १२ देखि १४ वर्षसम्मको जेल सजाय माग गरिएको छ । यो दफामा १४ देखि १६ वर्षसम्मकी बालिकालाई बलात्कार गरेमा १२ देखि १४ वर्षसम्म जेल सजाय हुने उल्लेख गरिएको छ ।

नेपालको कानूनले महिलाको मञ्जुरी नलिई वा १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । बलात्कारसम्बन्धी उजुरी परेपछि शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । त्यहाँ पनि उनीमाथि बलात्कारको अभियोगबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको