Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त

होलीमा अमर्यादित गतिविधि गर्ने १२९ जना प्रहरी नियन्त्रणमा

Reporter

होलीको अवसरमा अमर्यादित गतिविधि गर्ने १२९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । लोला हान्ने, बाटो हिँडिरहेका मानिसहरूलाई जथाभावी रंग हान्नेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

७ जना महिला र १२२ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वृत्त जनसेवाले सबैभन्दा धेरै ३१ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै बानेश्वर वृत्तले २६ जनालाई नियन्त्रणमा लिएको छ भने, स्वयम्भु वृत्तले २० जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै बालाजु वृत्तले १२ जनालाई नियन्त्रणमा लिएको छ भने, गौशाला र दरबारमार्ग वृत्तले ६–६ जनालाई नियन्त्रणमा लिएको छ । बौद्ध र मालिगाउँ वृत्तले ५–५ जनालाई नियन्त्रणमा लिँदा महाराजगञ्ज वृत्तले ९ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै लैनचौर वृत्तले ७ जना र कालिमाटी वृत्तले २ जनालाई नियन्त्रणमा लिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको