Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

होलीमा अमर्यादित गतिविधि गर्ने १२९ जना प्रहरी नियन्त्रणमा

Reporter

होलीको अवसरमा अमर्यादित गतिविधि गर्ने १२९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । लोला हान्ने, बाटो हिँडिरहेका मानिसहरूलाई जथाभावी रंग हान्नेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

७ जना महिला र १२२ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वृत्त जनसेवाले सबैभन्दा धेरै ३१ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै बानेश्वर वृत्तले २६ जनालाई नियन्त्रणमा लिएको छ भने, स्वयम्भु वृत्तले २० जनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै बालाजु वृत्तले १२ जनालाई नियन्त्रणमा लिएको छ भने, गौशाला र दरबारमार्ग वृत्तले ६–६ जनालाई नियन्त्रणमा लिएको छ । बौद्ध र मालिगाउँ वृत्तले ५–५ जनालाई नियन्त्रणमा लिँदा महाराजगञ्ज वृत्तले ९ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै लैनचौर वृत्तले ७ जना र कालिमाटी वृत्तले २ जनालाई नियन्त्रणमा लिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको