
हेटौँडाबाट नारायणघाट जाँदै गरेको बस पल्टिदा २ जनाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित पूर्वपश्चिम राजमार्गमा ना. ४ ख ४४५४ नम्बरको बस पल्टिएको हो ।
दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस अनियन्त्रित भएर सडक किनारमा पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरुलाई उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको छ ।

लोकप्रिय समाचार