Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

निजामती कर्मचारीका सन्तानलाई सरकारले पाँच लाखसम्म छात्रवृत्ति दिने

Reporter

सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ। स्नातक तह पढ्न एक पटकका लागि उक्त रकम छात्रवृत्ति पाइनेछ।

‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८’ मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ। २० लाख रूपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रूपैयाँ छात्रवृत्ति पाइनेछ। १५ लाखदेखि बढी २० लाखसम्म शुल्क लाग्ने भए चार लाख, दश लाखदेखि १५ लाख शिक्षण शुल्क लाग्ने भए तीन लाख छात्रवृत्ति पाइनेछ।

एक लाख रूपैयाँभन्दा कम शिक्षण शुल्क लाग्ने भए लागेको शुल्कबमोजिमको रकम छात्रवृत्ति दिने निर्देशिकामा उल्लेख छ।

विदेशमा अध्ययन गरेको र तीनै तहका सरकारबाट छात्रवृत्ति प्राप्त गरेकोले भने छात्रवृत्ति पाउने छैनन्।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको