Logo
20 Apr 2024    ८ बैशाख २०८१, शनिबार

ताजा खबर

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Reporter

नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाहमाथि अनुसन्धानका लागि  अदालतले थप ५ दिनको समय प्रदान गरेको रातोपाटीलाई जानकारी दिए । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।अनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत अनुसन्धानको लाथि थप समय मागेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको