Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

चितवनमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरे

admin

एकसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि चितवन निकुञ्जमा पछिल्ला केही वर्षयता गैंडाको बढ्दो प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ । अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको हो ।

निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो।

टोलीले आव २०७३/७४ मा २५ गैंडा प्राकृतिक कारणले मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ।

टोलीमा विभागका इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालसहित विज्ञहरु नरेस सुवेदी, कञ्चन थापा, भगवान दाहाल, कमल गैरेलगायत थिए।,

आजको कान्तिपुरमा यो खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको