Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

चितवनमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरे

admin

एकसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि चितवन निकुञ्जमा पछिल्ला केही वर्षयता गैंडाको बढ्दो प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ । अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको हो ।

निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो।

टोलीले आव २०७३/७४ मा २५ गैंडा प्राकृतिक कारणले मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ।

टोलीमा विभागका इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालसहित विज्ञहरु नरेस सुवेदी, कञ्चन थापा, भगवान दाहाल, कमल गैरेलगायत थिए।,

आजको कान्तिपुरमा यो खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको