Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

सातदोबाटो चापागाउँ सडक बन्द गर्न उत्रिए चर्चित अभिनेता मदनकृष्ण श्रेष्ठ सहित स्थानीय

Reporter

ललितपुरको सातदोबाटो–चापागाउँ सडक त्यहां स्थानीय समेत रहेका लोकप्रिय अभिनेता मदनकृष्ण श्रेष्ठ सहित स्थानीयवासीले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् । जनताको स्वास्थ्यमाथी खेलवाड गर्न पाईदैन लगायतका प्लेकार्ड बोकेर श्रेष्ठका परिवार सहितका स्थानीयले बाटो बन्द गराएका छन । पटक पटक सडक निर्माणका लागि आग्रह गर्दा पनि कसैबाट सुनुवाई नभए पछि बाध्य भएर बाटो बन्द गर्नु परेको श्रेष्ठ परिवारकी सदस्य तथा समाजसेवी रिन्कु बज्राचार्य श्रेष्ठले बताईन ।

ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।सडक पिच गर्न माग गर्दै स्थानीयवासी सुनाकोठी बालकुमारी मन्दिर सडकमै बसेपछि सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरीले जनाएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको