Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

भारतको दिल्लीमा हमला गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

Reporter ९ चैत्र २०७८, बुधबार ०७:२३ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएको छ । तहरीक-ए-तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएको हो ।धम्की प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो । हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो । सरोजिनी नगर मार्केटमा कयौँ घण्टासम्म सर्च अपरेसन चलेको थियो । दिल्लीका अन्य बजारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो । दिल्लीमा सुरक्षा बढाउनुका साथै प्रहरीले ईमेल पठाउने व्यक्तिलाई ट्रयाक गर्ने प्रयास गरिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको