Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

खोकीलाई बेवास्ता गर्दा लाग्न सक्छ डरलाग्दो रोग !

admin

खोकीलाई एक सामान्य समस्या मानिन्छ जुन सामान्यतया घाँटीको संक्रमणका कारण लाग्ने गर्दछ । सामान्य खोकी दुई तीन दिनमा आफै ठिक हुन्छ । तर बारम्बार खोकीका कारण घाँटीको संक्रमण नभई शरिरका अन्य रोगको संकेत पनि हुनसक्छ । मानिसहरु यस्ता खोकीलाई पनि बेवास्ता गर्छन् जसका कारण रोग क्रमशः बढिरहन्छ । यदि तपाईंको खोकीको समस्या दुई तीन दिनमा आफैं ठिक भएन भने कुनै अन्य शारिरिक समस्या छ कि भन्ने याद गर्नुहोस् । यो शरिरमा हुर्किरहेको कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । आज हामी तपाईंलाई यस्ता रोगबारे जानकारी दिँदै छौं जसको सुरुवाती लक्षण खोकी हो ।

सिस्टिक फाइब्रोसिसः

सिस्टिक फाइब्रोसिस एक बंशानुगत रोग हो । यसले शरिरको थुप्रै अंगलाई प्रभावित गर्दछ । यी अंगमा मुटु, पाचन ग्रन्थी, मूत्रनली यौनाङ्ग र पसिनाको ग्रन्थी आदि समावेश छन् । यी अंगमा पाइने केही विशिष्ट कोसिकाले प्रायः र्याल वा तरल पदार्थ उत्पन्न गर्दछ । तर सिस्टिक फाइब्रोसिस हुँदा यो कोसिकाले सामान्यबाट गाढा तरल पदार्थ उत्पन्न गर्न थाल्छ । यो रोग लाग्दा शरिरमा पानीको सन्तुलन बिग्रने गर्दछ । यस कारण विभिन्न समस्या हुनसक्छ । यसले सबैभन्दा बढि फोक्सोलाई प्रभावित गर्दछ । यो रोगको सुरुवाती लक्षण खोकी हो ।

फोक्सोको क्यान्सरः

फोक्सोको क्यान्सर एक गम्भीर रोग हो । फोक्सोमा क्यान्सरको कोसिकाको असामान्य वृद्धि हुन्छ जुन सबैभन्दा बढि श्वासनलीबाट सुरु हुन्छ । यस्तो प्रकारको क्यान्सरको मुख्य कारण धुम्रपान हो । डाक्टरको दाबी अनुसार फोक्सोको क्यान्सर धुम्रपान गर्नेलाई हुन्छ । यदि लामो समयसम्म खोकी लागिरह्यो, छाती दुख्यो र खकारमा रगत देखियो भने यो फोक्सोको क्यान्सरको लक्षण हुनसक्छ ।

कन्जेस्टिव हार्ट फेल्युअरः

जब मुटुले शरिरको आवश्यकता अनुसार पर्याप्त मात्रामा रगत पम्प गर्न नसक्ने अवस्थालाई कन्जेस्टिव हार्ट फेल्युअर भनिन्छ । यद्यपी, यहाँ मुटुले पूर्ण रुपमा काम गर्न बन्द गर्छ भन्ने होइन । यो रोग लागेपछि मुटुले पूरा क्षमतासहित काम गर्न सक्दैन जसका कारण पीडितले कमजोरी र थाकेको महसुस गर्छन् । खोकीका साथै दिनभरी कमजोरी महसुस हुनु र सास फेर्न समस्या भए यो रोगको लक्षण हो कि भन्ने शंका गर्नुहोस् ।

पल्मोनरी इडिमाः

पल्मोनरी इडिमा पनि फोक्सोसँग सम्बन्धि एक गम्भीर रोग हो । यो रोग लाग्दा फोक्सोको झिल्लीमा पानी भरिने गर्छ । यो रोग लाग्दा पनि खोकीसँगै रगत आउनु हो । पल्मोनरी इडिमाले धेरैजसो फोक्सोका साथै मुटुलाई पनि प्रभावित गर्छ । यसै कारण रोगीलाई सास फेर्न समस्या हुन्छ । पल्मोनरी एडीमाका अन्य लक्षणमा सास फेर्न समस्या, छाती दुख्ने, खकारमा रगत, अचानक लामो सास आउने, थोरै काम गर्दा पनि स्वाँस्वाँ आउने, छालाको रंग निलो वा हल्का खैरो हुने, रक्तचाप कम हुने आदि ।

क्षयरोगः

क्षयरोग एक ब्याक्टेरियाका कारण हुने गर्छ । यो ब्याक्टेरिया शरिरको सबै अंगमा प्रवेश गर्दछ । यद्यपी, यो धेरैजसो फोक्सोमा नै पाइन्छ । यो रोगको सुरुवाती लक्षणमा खोकी र खकारमा रगत देखा पर्छ । क्षयरोगका अन्य लक्षणमा तीन हप्ताभन्दा बढि समय खोकी लाग्नु, छाती दुख्नु, खकारसँगै रगत देखिनु र सास फेर्न समस्या हुनु, भोक कम लाग्नुजस्ता पर्छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको