Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

गाडी नचलाउने व्यवसायीको इजाजत आजै खारेज

admin

यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत  आजै खारेज गरिने बताएको छ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए।

‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं,’ भट्टराईले भने, ‘सबै लगत आइसकेपछि बेलुका बस्ने विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्छ।’

विभागले यसअघि नै गाडी नचलाए एक दिनमै पर्मिट खारेज गर्ने र नयाँलाई एकै दिनमा पर्मिट दिने निर्णय गरेको थियो।

विभागले पर्मिट खारेज गरेपछि सरकारले गाडी जफत गरेर चलाउने विषयमा तयारी गर्ने गृहसचिव प्रेमकुमार राईले बताए।

‘उहाँहरूले पर्मिट खारेज गरेपछि के गर्ने हामी छलफल गर्छौं,’ राईले भने।

यसअघि गृह मन्त्रालयले गाडी नचलाएजफत् गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो। सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन्।

सिन्डिकेट खारेज गर्ने सरकारी निर्णयको विरोधमा यातायात व्यवसायीले आज देशभरि सार्वजनिक यातायात बन्द गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको