Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

आईपीएल : बैंगलोरको पहिलो जित

Reporter १७ चैत्र २०७८, बिहीबार ०७:१३ मा प्रकाशित

इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो । मुम्बईमा कोलकाताले दिएको १२९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाउँदै १३२ रन बनायो ।

बैंगलोरको जितका लागि शेर्फेन रदर्फुर्डले २८ रन बनाए । त्यस्तै साहबाज अहमेदले २७ रन बनाउँदा डेभिड विलेले १८ रनको योगदान गरे । बैंगलोरका लागि दिनेश कार्तीकले १४ रन जोडे । बलिङतर्फ कोलकाताका लागि टिम साउथीले सर्वाधिक ३ विकेट लिए । त्यसै उमेस यादवले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले १८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२८ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक २५ रन बनाए । त्यस्तै उमेश यादवले १८ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै आकाश दीपले ३ विकेट लिए । जितसँगै बैंगलोरले दुई खेलमा २ अङ्क जोडेको छ । बैंगलोर पहिलो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो । यता दुई खेल खेलेको कोलकाताले २ अङ्क जोडेको छ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको