काठमाडौ । रजनी सचेतना नेपाल फाउण्डेसनको आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर, निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया तथा निःशुल्क औषधी एवम् चस्मा वितरण कार्यक्रम आयोजना गर्ने भएको छ । तिलगंगा आंखा अस्पताल, काठमाण्डौ सटर व्यवसायी संघ, बानियाँटार युवा समाज, भण्डारी टोल युवा क्लब, नेपाल होटल व्यवसायी संघ, महिला उपकार समाज सुधार मञ्ज र पञ्चकुमारी युवा क्लबको संयोजन तथा सहयोगले २०७८ चैत्र १९ गते शनिवार बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म काठमाडौं गोंगबुको कामना माध्यमिक विद्यालयको प्राङ्गण तथा गणेशस्थान टोखा नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर, निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया तथा निःशुल्क औषधी एवम् चस्मा वितरण कार्यक्रम आयोजना हुन गईरहेको छ । यसबाट यस भेगका मात्र नभएर अन्य भेगका समुदाय समेत लाभान्वीत हुन सक्ने जानकारी रजनी सचेतना नेपाल फाउण्डेशन नेपालकी अध्ययक्ष रजनी थापाले बताइन् । रजनी थापा आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरको प्रत्यासी पनि हुन् । उनी गएको निर्वाचनमा उपमयेरको उम्मेद्धवार थिइन् ।
रजनी सचेतना नेपाल फाउण्डेसन विगत ५ वर्ष देखि समुदायस्तरमा विभिन्न महिला, युवा तथा स्वास्थ्य लक्षित कार्यक्रम गर्दै आएको छ ।

