Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

अवैध रुपमा युरोप छिर्न खोज्ने ३७ नेपाली टर्कीबाट पक्राउ

Reporter २७ चैत्र २०७८, आईतवार ०७:४५ मा प्रकाशित

अवैध रुपमा युरोप छिर्न खोज्दा ३७ जना नेपाली टर्कीबाट पक्राउ परेका छन् । टर्कीबाट अवैध रुपमा ग्रिस छिर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै नेपाली गएको सोमबार मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका ३७ मध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छाडेको छ । पक्राउ परेका अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै रहेका टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ ।

ग्रिस छिर्ने तयारी अनुसार एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु जम्मा भएर बसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले संगठित मानव तस्करका एजेन्टलाई मोटो रकम बुझाएर अवैध रुपमा युरोप छिर्ने प्रयास गरेका टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले जानकारी दिएका छन् ।

‘हामीले सम्पर्कमा आएका नेपालीलाई सकेसम्म अवैध बाटोबाट युरोप नजान आग्रह गर्दै आएका छौं । हाम्रो आग्रह नमान्नेहरु पक्राउ परिरहेका छन् ।’ गएको कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको