Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

क्यासिनोबाट भारतीय मुद्रासहित म्यानेजर प्रहरी नियन्त्रणमा

admin

धनगढीस्थित साथी होटलमा प्रहरीले छापा मारेको छ । आज दिउँसो विशेष सुराकीको आधारमा छापा हान्दा होटलमा रहेको क्यासिनोबाट भारतीय मुद्रासहित म्यानेजरलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरको नेतृत्वमा गएको टोलीले होटलका म्यानेजर सुजन दाहाललाई नियन्त्रणका लिएको हो ।

उनका अनुसार छापा हान्दा भारतीय नोट पाँच सय र दुई हजारको नोट क्यासिनोमा प्रयोग भएको थियो । उनले भारतीय एक सय भन्दा ठूला नोट प्रयोग गर्न नपाइने बताए । कैलाली प्रहरीले सो क्यासिनोबाट १० लाख पाँच हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका दाहाललाई विदेशी मुद्रा अपचलन ऐनअनुसार कारबाही गरिने कैलाली प्रहरी प्रवक्ता बुढामगरले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको