
अमेरिकाको डिसी मेट्रो एरियामा संचालन हुँदै आएको केसी डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन गरिएकाे छ। नृत्य निर्देशक संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका संचालिका एवं नृत्य निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन्।
बिसं २०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाण्डूमा छ भने ,यस संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ छन्। अमेरिकामा रहेका नृत्य कलाकारलाई एउटै छातामुनी ल्याउने र नेपाली कला अमेरिकाको डिसी मेट्रो एरियामा संचालन हुँदै आएको केसी डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन गरिएकाे छ।
नृत्य निर्देशक संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका संचालिका एवं नृत्य निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन्। बिसं २०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाण्डूमा छ भने यस संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ छन्। अमेरिकामा रहेका नृत्य कलाकारलाई एउटै छातामुनी ल्याउने र नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शाखा गठन गरिएकाे अध्यक्ष केसीले जानकारी दिए।