Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

एसईई परीक्षा भोलीदेखी,५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदै

Reporter

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ भोली शुक्रबारबाट शुरू हुने भएको छ । यो वर्ष २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ९ सय ७७ विद्यार्थी सहभागी हुँदैछन् ।

एसईई दिने छात्राको संख्या छात्रको भन्दा ८ सय ७१ ले बढी छ । कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ ।

ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले करिब ११ हजार ६ सय १५ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये २ सय ९९ प्राविधिक धारका विद्यालय रहेको जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौमा १ हजार ३ सय विद्यालय रहेकोमा १ सय २४ केन्द्र कायम गरिएको छ ।

बोर्डका अनुसार परीक्षामा सबैभन्दा कम मुस्ताङ र मनाङमा एक–एक परीक्षा केन्द्र कायम गरिएको छ । मनाङमा २९ र मुस्ताङमा १ सय ८३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् ।
परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ । तर, फरक शारीरिक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर एकदेखि डेढघण्टा समय थप गर्ने व्यवस्था गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको