Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

प्रहरी झुक्याउन मोबाईल सिमकार्डको अधिक प्रयोग

admin

ठिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड परिवर्तन गरेको भेटिदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल भएको छ ।

ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या भएको प्रहरीको भनाइ छ ।

प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण भएको स्पष्ट पारेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् ।

‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्नेछौं’ प्रमुख जिल्ला अधिकारी भट्टले भने ।

महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक उज्जल महर्जनले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरु धेरै नजिक प्रहरी पुगिसकोको दाबी गरे ।

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको