Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव यातायात भरपर्दो बनाउन निर्देशन

युग र समयले युवा खोजेको छ

Reporter

डा.डिआर उपाध्याय,

स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व बढी मात्रमा हुनु पर्छ । युवा भनेका देशका कर्णधार हुन । अहिलेका युवाहरु पढे, लेखेका छन । स्थानीय तहको निर्वाचनमा युवाको सहभागीता अति आबश्यक छ । गाउँको बिकासका लागी युवाहरुलाई रोज्नु पर्छ । सबै राजनीतिक दलहरुले युवाहरुलाई नै उम्मेदवारी बनाउँदा जनतामा आशा र भरोसा पलाउन सक्छ की भन्ने हो ।

आज जनता धेरै निराश बनेको अबस्था छ । जनतालाई निराश हुन दिनु हुदैन । जनताको सुख दुःखमा साथ दिने जोशिला र भिजन भएका युवाहरुको खाँचो छ अब । अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन । बिकासको लहर ल्याउने युवा जोशलाई जनप्रतिनिधि बनाउँन सकियो भने केही हुन्छ की भन्ने हो । आज युवाहरु देशमा रोजगार नपाएर बिदेश पलायन छन । युवाको अभावमा खेत बारी बाँझा छन । अब गाउँमै युवाहरुलाई सीप सिकाएर कृर्षि कर्ममा लगाउनु पर्ने आबश्यकता देखियो । त्यसो भएकोले पनि स्थानीय तहमा युवाहरुको प्रतिनिधित्व बढाउनु आजको आबश्यकता हो ।

तपाई हामी सबै मतदाताहरुले युवा उम्मेदवारलाई जिताउने पहल गर्नु पर्छ । पैसा र मासुमा बिकेर आफनो भोट खेरा फाल्नु हुदैन । भोट दिदा सोचेर मात्र दिनु पर्छ । हामीले भोट हालेका जनप्रतिनिधि बिकास पे्रमी हुन । स्थानीय तहमा बिकासको लह ल्याउने हुन । हामीले जिताएका जनप्रतिनिधि भ्रष्ट नहुन । जनताको काममा दिन रात नभनी खट्ने हुन । आफनो पालीका र वडालाई बिकास गरुन् हामीले खोजेको यो हो । स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पनि बढाउनु पर्ने आबश्यक छ । दलित, जनजाती, अल्पसंख्यक आदी इत्यादी सबैको प्रतिनिधित्व हुन सक्यो भने बिकास गर्न सकिन्छ । सत्ता गठबन्धनले भागबण्डा मिलाई सकेका छन ।

अब कस्ता उम्मेदवार उठाउने हुन हेर्न बाँकी छ । युवा र महिलाको प्रतिनिधित्व कति हुन्छ त्यो हेर्न बाँकी छ । अहिले देश भरी चुनावी चहल पहल चलिरहेकै छ । पैसा हुने वाला चुनावी मैदानमा खडा छन । पैसा नहुनेहरु चुनाव लडन हिच्किचाएका छन । यो परम्पराले राम्रो संस्कार बसाल्दैन भन्ने हो । योग्य र सक्षम जनप्रतिनिधि हामीले पाउन सकेनौं भने भोली ठूलो पछुतो हुने छ ।

अब बेलामा सोच्ने की भोली पछुताउने ? यो हाम्रो हातको कुरा हो । जनप्रतिनिधि भनेको पाँच बर्ष सम्मका लागी चुन्ने हो । हामीले चुनेका राम्रा र योग्य जनप्रतिनिधि भए भने पाँच बर्षमा हाम्रो गाउँ , हाम्रो ठाँउ, हाम्रो पालिकाको बिकासको हिसावले कायपलट पनि हुन सक्छ । त्यसैले अहिले सोच्ने बेला हो, चुनाव सकिएर सोच्ने होइन । दलका झोले बनेर होइन, राम्रो बनेर देखाउनु पर्छ । युवाहरु उठनुस् ,जाँगनुस् अब तपाइको हातमा छ देशको भबिश्य । देशको मुहार फेर्ने हो भने अब जुरुक्क उठनुस् ।

युग र समयले युवा खोजेको छ । युवाहरु पछि हटने हो भने कसले बनाउछ देश ? देशको बिकास र समृद्धिका लागी अब युवा शक्ति उठनै पर्छ । आज नेपालको माटोले युवा खोजेको छ । बिदेशमा गएर सीप सिकेका युवाहरु स्वदेश फर्किर त्यहाँ सिकेको सीप स्वदेशमा सदुपयोग गर्नुस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको