Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

अमेरिका नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ : बाइडेन

Reporter

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालका साझा मुद्दा अघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ प्रगाढ पार्न चाहेको बताएका छन्। अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बाइडेनले उक्त धारणाा राखेका हुन्। उनले राजदूत खत्रीलाई भने, ‘यहाँस्थित कूटनितिक समुदायको एक सदस्यका रुपमा तपाईंलाई स्वागत गर्न चाहन्छु।’अमेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र रबुझाएका हुन्। कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नेतृत्वको कार्यकाल सफलता र जनताको खुसीको कामना गर्दै पठाएको शुभकामना सन्देश हस्तान्तरण गरे।

राजदूत खत्रीले नेपालको समग्र विकासमा अमेरिकाले निरन्तर गरिरहेको सहयोगका लागि धन्यवाद दिएका छन्।

उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध अबका दिनमा थप सुदृढ हुने अपेक्षा पनि लिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको