Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

Reporter १२ बैशाख २०७९, सोमबार ०६:०६ मा प्रकाशित

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाब, मुटुको चाल, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई दुई दिन आइसीयु र ८ दिन डिलक्स क्याबिनमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको