Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ बलिवुडका संगीतकार एआर रहमान अस्पताल भर्ना

फेकनले अाफ्ना सदस्यलार्इ दियाे लेखा तथा कर सम्बन्धी तालिम

admin

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फकनले लेखा तथा कर सम्बन्धी तालिम सम्पन्न गरेकाे छ ।अार्इतवार राजधानीकाे फेकनकै कार्यलयमा अायाेजीतक कार्यक्रममा अध्यक्ष युवराज कटुवालले तालिमले व्यवसायीलार्इ मर्यादित बनाउनुकाे साथै लेखा तथा कर सम्बन्धी सम्पूर्ण जानकारी राख्नुपर्ने भएकाले तालिमकाे अायाेजना गर्नुपरेकाे बताए ।

तालिम बारे बताउँदै फेकनकाे शिक्षा र तालिम विभागका प्रमुख लवराज मैनाली (पवन)ले फेकनले अाफ्ना व्यवसायी सदस्यहरूलार्इ व्यवसाय संग सम्बन्धीत विभिन्न तालिमहरू सञ्चालन गर्दै जाने र बजारमा व्याप्त कर सम्बन्धी समस्याहरूलार्इ विज्ञहरू ल्याएर प्रशिक्षण गर्नुपर्नेमा जाेड दिए ।

तालिमकाे अावश्यकता बारे अाैल्याउदै प्रथम उपाध्यक्ष गीता रिजालले तालिम एकदमै प्रभावकारी रहेकाे र करसम्बन्धी तालिम सबै व्यवसायीलार्इ उपयुक्त हुने बताइन् ।

त्यसैगरी फेकनका महासचिव भुपाल तामाङले परामर्श व्यवसायलार्इ मर्यादित र व्यवस्थित बनाउन यस प्रकारका तालिमहरू नियमित रूपमा गरिरहने बताए ।सिए रमेश नेपाल प्रशिक्षक रहेकाे तालिममा फेकनका अघिकासं सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको