Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

बहु विवाह गर्ने तथा कार्यालयमा मदिरा सेवन गर्ने कर्मचारी बर्खास्त हुने

admin

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ ।

मन्त्रालयअन्र्तगत संघीय तथा कानुन् शाखाले चार दिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाई छ ।

करिव ५ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो । मस्यौद भएको ५ महिनासम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको थिएन। ‘प्रक्रिया अघि बढाउने बेला सरकार परिवर्तन भयो र नयाँ सरकारले सो विधेकका बारेमा चासो राखेन’ स्रोतले भन्यो। नयाँ सरकार गठनपछि विधेकका बारेमा पुनः छलफल आरम्भ भएको स्रोतको भनाइ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको