Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

नेपालमा थप २० जनामा कोरोना पुष्टि, २७ संक्रमित निको भए

Reporter १८ बैशाख २०७९, आईतवार १९:४८ मा प्रकाशित

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५०८ पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २९ हजार ५७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी गराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको