Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

भारतमा २४ घण्टामा ३,१५७ जनामा कोरोना संक्रमण,२६ को मृत्यु

Reporter १९ बैशाख २०७९, सोमबार १२:२४ मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा थप ३,१५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ । पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ ।

दिल्लीमा सबैभन्दा बढी १,४८५ संक्रमित भेटिएका छन् । हरियाणामा ४७९, केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन् । योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ । सोमबार ४०८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको