Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

बेल्जियमको स्थानीय निर्वाचनमा नेपाली मूलका समाजसेवी तथा व्यवसायी कृष्ण क्षेत्रीको उम्मेदवारी

admin

लामो समयदेखि बेल्जियममा बसोवास गर्दै आईरहेका समाजसेवी कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठुलो राजनीतिक दल एनभिएबाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायी समेत हुन् ।

लुभेनमा व्यवसाय गर्ने क्षेत्रीले आगामी अक्टोबरमा हुने निर्वाचनमा भाग लिनेछन् । हरेक ६÷६ वर्षमा लुभेनमा स्थानीय तहको निर्वाचन हुने गर्दछ । समानुपातिक प्रणालीबाट उक्त निर्वाचनमा ४७ जना काउन्सिलरहरु निर्वाचित हुने व्यवस्था रहेको छ ।

एनभीएले आफ्ना सबै काउन्सिलरहरु पनि टुंगो लगाईसकेको छ भने उनी पार्टीको तर्फबाट सातौँ उम्मेदवारको सूचीमा परेका छन् ।

सबैभन्दा ठुलो राजनीतिक दलबाट प्रबल सम्भावित उम्मेदवारमा छनोट हुनु नै विजयी श्रृंखला सुरु भएको उनले बताए । क्षेत्रीले भने, ‘विदेशमा पनि नेपालीहरुको अधिकारको निमित्त लड्न पाउन मेरो भाग्य हो भने नेपालीहरुको सेवा गर्नु मेरो जिम्मेवारी हो ।’ उनले सबै नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

मिनी नेपाल भनिने लुवेन शहरमा वेल्जियमको सवै भन्दा ठूलो र शक्तिशाली पार्टीले एक नेपालीलाई आउट अफ ४७ मा ७ नम्बरमा उम्मेद्वार बनाउनु गर्वको कुरा भएको बताएका छन । उनी भन्छन्, ‘चुनावको परिणाम जे भएपनि आफ्नो स्थानमा छ तर पार्टीले मलाई उम्मेदवार बनाउनु पुरै नेपाली समुदाय प्रति सम्मान गरेको हो ।’

उनका अनुसार एनभीए पार्टी २०१२ को निर्वाचनमा १९ प्रतिशत मत सहित दोश्रो स्थानमा रहेकोमा अहिले ३० प्रतिशत सम्म मत ल्याउनेछ । यस्तै मतदाताको संख्या ९० हजार भन्दा बढि रहेको छ ।

उम्मेदवारी दिँदै गर्दा क्षेत्रीले लुभेनमा नेपाली भाषाको संरक्षण गर्न पार्टीमा नै कुरा उठाएको र पार्टीले स्विकृती दिईसकेको बताए ।

यस्तै उनले लुभेनमा नेपाली हाउस बनाउने बताए । यो बाहेक गृहजिल्ला र नेपालको पर्यटनमा योगदान पु¥याउने उनले प्रतिबद्धता समेत जनाएका छन् ।

क्षेत्रीले निर्वाचनमा उम्मेदवारी दिएसँगै बेल्जियममा बस्ने प्रवासी नेपालीहरु उत्साहित बनेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको