Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

भारतमा बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु

Reporter २१ बैशाख २०७९, बुधबार ०७:०६ मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ । देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आउँदै सोमबार दुई हजार ५६८ नयाँ सङ्क्रमित भेटिए पनि मंगलबार पुनः कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल देशमा १८ हजार ३१७ संक्रमितको उपचार भइरहेको छ । सोमबार देशमा १३ हजार १३७ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

योसँगै देशको सङ्क्रमण दर १.२२ प्रतिशत पुगेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ, विगत केही दिनदेखि यहाँ एक हजारभन्दा बढी मामिला रिपोर्ट भइरहेको छ। मंगलबार दिल्लीमा १ हजार ४१४ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जबकि यसअघि राजधानीमा १ हजार ७६ जनामा ​​संक्रमण देखिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको