Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

Reporter २१ बैशाख २०७९, बुधबार ०७:२५ मा प्रकाशित

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा भिल्लारियललाई ३-२ गोल अन्तरले पराजित गरेको लिभरपुल समग्रमा ५-२ जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउनको लागि फाबिन्हो, लुइस डियाज र साडियो मानेले गोल गरे । भिल्लारियलको लागि बोलाय डिआ र फ्रान्सिस कोक्विलिन गोल गरेपनि हार टर्न सकेन ।

भिल्लारियलले पहिलो हाफमा लिएको २-० को अग्रता जोगाउन सकेन । पहिलो हाफमा भिल्लारियलले २ गोल गरेसँगै समग्र सेमिफाइनल टाइ २-२ को रोमाञ्चक बराबरीमा पुगेको थियो ।

खेलको तेस्रो मिनेटमै बोलाय डिआ गोल गर्दै भिल्लारियल अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा कोक्विलिन गोल गर्दै सम्रग खेल २-२ को बराबरी बनाएका थिए ।

दोस्रो हाफमा भिल्लारियल सम्हालिन नसक्दा लिभरपुलले तीन गोल गर्यो । ६२औं मिनेटमा फाबिन्हो, ६७औं मिनेटमा लुइस डियाज र ७४औं मिनेटमा साडियो मानेले गोल गरे ।

पछिल्लो पाँच वर्षमा लिभरपुल च्याम्पियन्स लिगको फाइनल पुगेको यो तेस्रो पल्ट हो । अब उसले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्ने छ ।

अर्को सेमिफाइनलको दोस्रो लेग बुधबार रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ र त्यसमा सिटी ४–३ ले अगाडि छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको