Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

पोखरामा ‘हिट एण्ड रन’का अभियुक्त काठमाडौंबाट पक्राउ

Reporter २१ बैशाख २०७९, बुधबार २१:३६ मा प्रकाशित

गएको आइतबार पोखरा–बागलुङ सडक खण्डमा मोटरसाइकललाई ठक्कर दिइ भागेका पर्वतको कुश्मा नगरपालिका वडा नं.१ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई काठमाडौंबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको समन्वयमा महाराजगञ्जबाटै पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए।

उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको अघिल्लो दिन उनीहरुले पोखराको लेकसाइडमा मादक पदार्थ सेवन गरेको पनि प्रहरीको भनाइ छ।

मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकलमा सवार पर्वतको मोदी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष १८ की सुजिना पुनको अस्पताल लैजाने क्रममा र उनका पिता वर्ष ४६ का जीतबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीले कास्की जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मुद्दामा ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको