Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

चीनमा कोरोना बढेपछि एसियाड स्थगित

Reporter २३ बैशाख २०७९, शुक्रबार १४:१५ मा प्रकाशित

भदौ अन्तिम साता चीनको ग्वाङ्झाउमा हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ । कोभिड-१९ का कारण एसियाड स्थगित भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले बताए । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका थियो । स्थगित एसियाड सन् २०२३ मा हुने बताइएको छ ।

ओसिएको शुक्रबार बसेको कार्यकारी बोर्ड बैठकले एसियाड स्थगित गर्ने निर्णय गरेको हो । एसियाडका लागि ५६ स्थानमा तयारी पुरा भइसकेको जनाएको छ । एसियाडमा ४४ देशका ११ हजार भन्दा धेरै खेलाडी सहभागी हुने बताइएको थियो । एसियाडमा नेपालले २३ खेलमा भाग लिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको थियो । एसियाडका लागि नेपालमा पनि खेलाडी छनोट भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको