Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

३८ हजार भ्रष्टाचार गरेको आरोपमा महतोविरुद्ध मुद्दा दायर

Reporter २६ बैशाख २०७९, सोमबार ०५:५० मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितताबारे मुद्दा दायर गरेको छ ।

विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतो विरुद्ध रु ३८ हजार भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई अख्तियारको टोलीले बागलुङ सदरमुकामबाट यही वैशाख ६ गते रङ्गेहात पक्राउ गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको