
काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसबाट लोकप्रिय युवा नेताको उम्मेदवारीले स्थानीय जनतामा खुशी छाएको छ । कागेश्वरी मनहरा वडा नं २ मा क्षमतावान आशा लाग्दो सहयोगी, वैचारिक र जुझारु प्रष्ट वक्ताका रुपमा चिनिएका युवा नेता हुन, सुरज खड्का । युवा नेता खड्का लामो समयदेखि स्थानीय क्षेत्रमा समाजसेवा संग संगै राजनीतिमा सक्रिय रुपमा लागेका हुन ।
‘यसपालीको मत युवालाई सघाउने संकल्प परिवर्तनलाई भोट हालौं रुखलाई’ भन्ने नारा बोकेर कागेश्वरी मनहरा नगरपालिका २ नम्वर वडा अध्यक्षको उम्मेदवारीको रुपमा चर्चा कमाएका युवा नेता खड्का वडामा मात्र नभएर नगरमै लोकप्रिय हुदै गएका छन । युवाका मात्र नभएर सम्पूर्ण वडा वासीमाझ समाजसेवाबाट निकै परिचित बनेका युवा नेता खड्का यस अघि उनले वडामा गरेका उल्लेख्य सामाजिक कार्यले समेत त्यहांका जनताले भुल्न नसकेको स्थानीयवासी सम्झन्छन । हाल घरदैलो कार्यक्रममा व्यस्त खड्का विहान देखि बेलुकैसम्म स्थानीयवासीको समस्या बुझ्न र आफुलाई मतदान गर्न आव्हान गर्दै लागि परिरहेका छन ।
वडाका समस्याबाट निकै जानकार भएपछि पदमा नबसी विकास गर्न सम्भव पनि छैन । पदमा नभए पनि विकास निर्माणमा सदा तत्पर रहने खड्का आफु वडा प्रमुख भए त्यसलाई अझ सहज तवरले अन्य विकास निर्माण र जनताका समस्याका विषयमा छिटो छरितो समाधान गर्न सकिने भएकोले आफुलाई जनताले विजयी गराउनेमा विश्वस्त छन । सामुदायिक अस्पताललाई थप व्यबस्थित र साठी वर्ष कटेका जनतालाई घरमै गएर उपचार गराउने व्यबस्था, एवं मृत्यु भएकालाई दश हजार सम्मको ईन्धन सहितको राहत व्यबस्था लगायतका प्रतिवद्धताले मतदाताको ध्यान खिच्न समेत सफल भएका छन ।
युवा नेता खड्काको लामो समयको सामाजिक सेवा भावको दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनको नेतृत्व अघि सारेकाले उनको विजय पक्का हुनेमा वडावासी ढुक्क देखिन्छन ।